शुक्रबार, असोज १६, २०८३

अक्सिजन उद्योगमा वाणिज्य विभागको छापा

‘सीता प्राडक्ट्सले दैनिक ७ सय सिलिण्डर अक्सिजन भरि विभिन्न अस्पतालमा आपूर्ति गरिरहेको पाइयो,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले अक्सिजन उद्योगमा अनुगमन गरेको छ। पछिल्लो समय बजारमा अक्सिजको अभाव हुन थालेको गुनासो बढेपछि विभागले काठमाडौंका दुई अक्सिजन उद्योगमा अनुगमन गरेको हो।

विभागका प्रवक्ता शिवराज सेढाईंका अनुसार चोभारस्थित सीता प्रोडक्ट्स प्रालि र एभेरेष्ट अक्सिजन सिलिण्डरको अनुगमन गरिएको हो। अनुगमनका क्रममा अक्सिजनको उत्पादन र वितरणको बारेमा जानकारी लिइएको विभागले जानकारी दिएको छ। जसअनुसार सीता प्रडक्ट्सले २४ सै घण्टा पूर्ण क्षमतामा उद्योग सञ्चालन गरेको पाइएको र एभरेष्टले पनि २४ सै घण्टा सञ्चालनको तयारी गरिरहेको पाइएको विभागले जानकारी दिएको छ। 

‘सीता प्राडक्ट्सले दैनिक ७ सय सिलिण्डर अक्सिजन भरि विभिन्न अस्पतालमा आपूर्ति गरिरहेको पाइयो,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै ३ वर्षदेखि बन्द रहेको एभेरेष्ट ग्यास उद्योगले प्लान्ट मर्मत गरी सञ्चालनको तयारी गरिरहेको विभागले जानकारी दिएको छ। एभरेष्ट ग्यास सञ्चालनमा आएपछि सो उद्योगले पनि दैनिक ७ सय सिलिण्डर ग्यास भरी वितरण गर्ने लक्ष्य राखेको र सोही अनुसार तयारी गरिरहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: Jun 29, 2021| 18:20 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्