शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • म्याद नाघेका वस्तु बिक्री नगर्न वाणिज्य विभागको सकुर्लर

म्याद नाघेका वस्तु बिक्री नगर्न वाणिज्य विभागको सकुर्लर

सूचनामा थप भनिएको छ, ‘उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने हुनाले निषेध आदेशपछि त्यस्ता वस्तुको बिक्रीवितरण नहोस् भन्नेतर्फ उत्पादक, पैठारीकर्ता, वितरक, विक्रेताहरु र आम उपभोक्ता सबै जिम्मेवार सजग र सचेत हुन जरुरी छ।’
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य म्याद सकिएका वस्तु बिक्रीवितरण नगर्न सूचना जारी गरेको छ। मंगलबार सूचना जारी गर्दै विभागले म्याद सकिएका वस्तुको बिक्रीवितरण गरे कारवाही गर्ने चेतावनी दिएको हो।

‘कोरोना महामारीमा नागरिकको जीवन रक्षाका लागि गरिएको निषेध आदेशका कारण बिक्री  हुन नसकी गोदाम, पसलहरुमा थन्किएर रहेका दैनिक उपभोग्य खाद्य वस्तुहरुको उपभोग गरिसक्नुपर्ने म्याद सकिने सम्भावना हुन्छ। निषेध आदेश खुकुलो भएसँगै व्यापार–व्यवसाय सुरु हुन थालेपछि उपभोग्य म्याद समाप्त भएका त्यस्ता वस्तु बिक्री हुन सक्नेतर्फ विभागको ध्यानाकर्षण भएको छ,’ विभागले भनेकाे छ। 

सूचनामा थप भनिएको छ, ‘उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने हुनाले निषेध आदेशपछि त्यस्ता वस्तुको बिक्रीवितरण नहोस् भन्नेतर्फ उत्पादक, पैठारीकर्ता, वितरक, विक्रेताहरु र आम उपभोक्ता सबै जिम्मेवार सजग र सचेत हुन जरुरी छ।’

उपभोक्ता संरक्षण ऐन २०७५ले उपभोग्य म्याद समाप्त भएका वस्तु आयात एवं बिक्रीवितरण गर्नेगराउनेलाई अनुचित व्यापारिक क्रियाकलाप र कसुर मानी दण्ड सजायको व्यवस्था गरिएको स्मरण सूचनामा गराइएको छ।

प्रकाशित: Jun 29, 2021| 16:50 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्