सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपद्‌बाट चार वर्षमा दुई हजारको ज्यान गयो, साढे १४ अर्बको क्षति

विपद्‌बाट चार वर्षमा दुई हजारको ज्यान गयो, साढे १४ अर्बको क्षति

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो करिव चार वर्षको अवधिमा प्राकृतिक प्रकोपबाटै दुई हजार बढीको ज्यान गएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं– बर्खायाम सुरु नहुँदै पर्वतको कुश्मामा जेठ ३१ राति पहिरोमा पुरिएर दुर्लुङ गाउँका १० जनाको ज्यान गयो। प्राकृतिक विपत्तिबाट यस वर्ष जनधनको क्षति पुग्ने गरी भएको यो नै ठूलो घट्ना हो।

विपद्का घट्नाहरुबाट नेपालमा धनजनको क्षति हुने क्रम वर्षेनी बढेको छ। प्राकृतिक स्रोतमाथिको अनियन्त्रित दोहोनसँगै विपद्का घट्ना बढेका जानकारहरु बताउँछन्।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो करिव चार वर्षको अवधिमा प्राकृतिक प्रकोपबाटै दुई हजार बढीको ज्यान गएको छ। १६६ जना वेपत्ता छन् भने सात हजार २५८ जना घाईते तथा अंगभंग भएका छन्।

यो तथ्यांक २०७३ बैशाख देखि २०७६ असार ३ गते सम्मको हो। सुरुका दुई वर्ष एक हजार ७५ जनाको विभिन्न घट्नामा ज्यान गएको थियो भने ११४ जना वेपत्ता भए। त्यस अवधिमा घाईते हुनेको संख्या एक हजार ६८५ थियो।

पछिल्लो २६ महिनाको अवधिमा विपदका घटनाबाट ९२२ ले ज्यान गुमाएका छन्। यस अवधिमा पाँच हजार ५५३ जना घाईते तथा अंगभंग भए भने ५२ जना वेपत्ता छन्।

केन्द्रका अनुसार आगलागी, चट्याङ, जंगली जनावरको आक्रमण, बाढी पहिरो जस्ता घट्नामा ज्यान गुमाउनेको संख्या धेरै छ। बाढी, पहिरोका कारण वेपत्ता हुने पनि धेरै छन्।

मानवीय क्षतिवाहेक चार वर्षको अवधिमा पशुचौपाया, घर, गोठमा गरी करिव साढे १४ अर्ब बढीको धनमालको क्षति भएको केन्द्रको आकलन छ।

विपद्का घट्नाबाटै चार वर्षको अवधिमा करिव ७२ हजार परिवार प्रभावित भएका छन्। यिमध्ये विस्थापित हुनेको संख्या पनि ठूलो छ।
जेनेभास्थित आन्तरिक विस्थापन अनुगमन केन्द्र (आईडीएमसी) का अनुसार नेपालमा पछिल्लो एक वर्षमा प्राकृतिक विपत्तिका कारण २९ हजार मानिसहरु विस्थापित भएका छन्।

तर, यस्ता मानिसहरु आफ्नो थातथलोमा फर्कने र फेरि विस्थापित हुने गतिविधि जोड्दा यो संख्या १ लाख २१ हजार रहेको आईडीएमसीले उल्लेख गरेको छ।

विपद्का घट्ना धेरै हुने जिल्लामा सप्तरी, मोरङ, काठमाडौं, पर्सा, सर्लाही, मकवानपुर, धनुषा, बारा छन्। तराईका जिल्लाहरुका बाढी, चट्याङ, आगलागी तथा जंगली जनावरको आक्रमणका घटना धेरै छन्।

पहाडी जिल्लामा पहिरो, चट्याङजस्ता घट्नाले बढी धनजनको क्षति हुने गरेको छ।

प्राकृतिक स्रोतमाथिको अनियन्त्रित दोहोन तथा डोजरले जथाभावी बाटो खन्दा बाढी पहिरो जस्ता घट्नाहरु बढिरहेको केन्द्रको विश्लेषण छ।
प्राकृतिक प्रकोप न्युनिकरणका काम प्रभावकारी नहुँदा हाम्रो देशमा वर्षेनी ठुलो जनधनको क्षति हुदै आएको छ । सामान्य सजगता अपनाउँदा जोगिन सकिने घटनाबाट पनि ठुलो क्षति भइरहेको छ।

हिउँद, सुक्खा तथा वर्षायाममा गरी वर्षैभरि बाढी, पहिरो, चट्याङ, आगलागी, महामारीजस्ता प्राकृतिक तथा गैरप्राकृतिक विपद्ले नेपालमा जनधनको ठूलो क्षति भइरहेको छ ।

मुलुकको विषम भू–बनोट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता तथा जलवायु परिवर्तनका कारण भूकम्प, बाढी, पहिरो तथा भू–स्खलन, डुबान, चट्याङ, खडेरी, हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि, अनावृष्टि, हुरी बतास, शीतलहर, तातोहावाको लहर, वन डढेलोलगायत प्राकृतिक प्रकोपबाट प्रभावित छ।

विपद् जोखिम न्यूनीकरण विशेषज्ञ शेषकान्त काफ्ले जनसंख्या वृद्धि, विपद् जोखिमको ख्याल नगरी बनाइएका विकासका संरचना, वातावरणीय विनाश र राजनीतिक संक्रमणकाल आदिले विपद्बाट हुने क्षति हरेक वर्ष बढिरहेको बताउँछन्।

गर्मी, प्रि–मनसुनसँगै नेपालमा हावाहुरी, चट्याङ, बाढी, पहिरो, आगलागी, लू (ताप लहर), महामारी आदि प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपको जोखिम बढिरहेको उनको भनाई छ। विपद् जोखिम न्यूनिकरण गर्नतर्फ सरकारको ध्यान नपुगेको पनि उनको आरोप छ।

यो पनि: वर्ष दिन नबित्दै बिर्सिएकाे त्याे विपत्ति

 

 

प्रकाशित: Jun 17, 2020| 17:25 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।