मंगलबार, भदौ २, २०८३

पुरानो संसद भवन भत्काउने तर, के बनाउने?

संसदको विकास तथा प्रविधि समितिले सरकारलाई सिंहदरबारभित्र रहेको पुरानो संसद भवन भत्काउन निर्देशन दिएको छ।  तर, उक्त स्थानमा के निर्माण गर्ने भन्ने विषयमा समिति स्पष्ट छैन।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– संसदको विकास तथा प्रविधि समितिले सरकारलाई सिंहदरबारभित्र रहेको पुरानो संसद भवन भत्काउन निर्देशन दिएको छ।  तर, उक्त स्थानमा के निर्माण गर्ने भन्ने विषयमा समिति स्पष्ट छैन।

मंगलबार बसेको समितिको बैठकले शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग छलफल गरेर पुरानो संसद भवन भत्काउन निर्देशन दिएको हो।

समितिले त्यसस्थानमा नयाँ भवन बनाउन पनि भनेको छ। तर, के प्रयोजनका लागि कस्तो भवन बनाउने भन्नेबारे केही उल्लेख गरेको छैन।
सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारी त्यस स्थानमा ‘स्टेट गेस्ट हाउस’ बनाउन सकिने बताउँछन्।

विदेशबाट आउने विशिष्ट अतिथिका लागि ‘स्टेट गेष्ट हाउस’ नभएकोले त्यस स्थानमा गेष्ट हाउस बनाउने सुझाव आइरहेको अधिकारीले जानकारी दिए।

बैशाख २०७२ को भूकम्पमा क्षतिग्रस्त उक्त भवन अहिले प्लाष्टिकले छोपेर राखिएको छ।

उता सरकारले सिंहदरबारभित्रै पुतली बगैंचामा संसदका लागि नयाँ भवन बनाउने प्रक्रिया सुरु गरेको छ।

पुरानो संसद भवन राणाकालीन ‘ग्यालरी बैठक’ का नामले चिनिन्छ। केही अघिसम्म यो भवनको रेट्रोफिट गरेर संसद संग्रहालय बनाउने चर्चा चलेको थियो। पुरातत्व विभागले पनि उक्त भवन नभत्काउन सुझाव दिएको थियो।

राणाकालीन उक्त भवनमा ऐतिहासिक सरसमान, महत्वपूर्ण पेन्टिङ्, ऐतिहासिक तस्बिर, फर्निचर आदि लथालिंग अवस्थामा छन्।

प्रकाशित: Jan 14, 2020| 13:58 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।