बुधबार, असार ३१, २०८३

म्यानचेस्टर युनाइटेड शीर्ष पाँचमा उक्लियाे

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

म्यानचेस्टर युनाइटेड– म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा आइतबार वाट्फोर्डलाई ३–० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा उक्लिएको हो।

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले समान एक गोल गरे।

खेलको ४२ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यसको १६ मिनेटपछि खेलको ५८ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेडको अग्रता दोब्बर बनाए। खेलको ७५ औं मिनेटमा ग्रिनवुडले गोल थपेपछि युनाइटेड ३–०ले विजयी भयो।

जितसँगै युनाइटेडले २७ खेलबाट ४१ अंक जोडेको छ। रेलिगेसन क्षेत्रको वाट्फोर्डले २४ अंक जोडेको छ।

प्रकाशित: Feb 24, 2020| 08:29 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।