आइतबार, कात्तिक १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिन बन्यो काल : संक्रमितको मात्र ज्यान गएको छैन

क्वारेन्टिन बन्यो काल : संक्रमितको मात्र ज्यान गएको छैन

क्वारेन्टिनमा रहँदा उनीहरु कसैले औषधि नपाएर मृत्यु भएको भन्ने सुनिएको छ भने कोही दीर्घरोगी रहेको बुझिएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- विभिन्न जिल्लामा गरी १७ जनको क्वारेन्टिनमा बसेका बेला ज्यान गएको छ। तीमध्ये सुदूरपश्चिममा ७ जना छन्। यसरी मृत्यु हुने सबैमा कोरोना भाइरस संक्रमण नभएकाे स्वास्थ्य अधिकारी बताउँछन्।

Kumaribank

सम्भावित कोरोना संक्रमितलाई सुरक्षित राख्ने ठाउँ हो, क्वारेन्टिन। स्वास्थ्य मन्त्रालयका अनुसार यतिबेला देशभर १ लाख ६६ हजारभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीका अनुसार मृत्यु हुने सबैमा कोरोना संक्रमण देखिएन। उनी भन्छन्, ‘स्वास्थ्य अवस्था राम्रै भएका व्यक्तिको निधन भइरहेको छ। अहिलेसम्म कारण पत्ता लगाउन सकिएको छैन।’

उनका अनुसार क्वारेन्टिनमा रहेकै कारण उनीहरुको मृत्यु भएको होइन। तर क्वारेन्टिनमा रहँदा उनीहरु कसैले औषधि नपाएर मृत्यु भएको भन्ने सुनिएको छ भने कोही दीर्घरोगी रहेको बुझिएको छ। 'धेरैमा पहिलेदेखिकै समस्या देखिएको छ', उनले भने, ‘प्रेसर, सुगर, एलर्जी, दम, बाथका बिरामीलाई हेरचाह र खानपिन राम्रो नहुँदा पनि मृत्यु भएको छ।' मृत्युको कारण अध्ययन नगरी भन्न नसकिने उनी बताउँछन्।

क्वारेन्टिनमा मृत्युको कारण के हो त ?

Metro Mart

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी क्वारेन्टिनमा राखिएका दीर्घरोगीको हेरचाह राम्रो नहुँदा मृत्यु भइरहेको बताउँछन् । उनका अनुसार भारतबाट आउनेलाई क्वारेन्टिनमा राख्नुअगाडि स्क्रिनिङ नगरी राख्दा यो अवस्था आएको हो।

उनी भन्छन्, 'हामीकहाँ भारतबाट आएका ९० प्रतिशत क्वारेन्टिनमा बसेका छन्। उनीहरु लामो यात्रा गरेर आएका छन्। उनीहरुलाई क्वारेन्टिनमा राख्नुअगाडि को बिरामी छ, कसले नियमित औषधि सेवन गर्छ ? भन्ने एकिन गर्नुपर्नेमा त्यो हुन सकेन। गर्भवती, पुरानो रोग भएका व्यक्तिलाई छुट्याएर उनीहलाई अन्य संक्रमितसँगै राख्नु हुँदैन थियो।

मरासिनीका अनुसार क्वारेन्टिनमा राख्नुअगावै बिरामीलाई नजिकै अस्पतालमा जाँच गराई पीसीआर गरेर नेगेटिभ आएमा घर पठाइदिनुपर्छ। पोजेटिभ आएकालाई क्वारेन्टिनमै पनि चिकित्सकको निगरानीमा राख्नुपर्ने उनी बताउँछन्। तर सबैलाई एउटै क्वारेन्टिनमा भद्रगोल तरिकाले राखिएको छ।

संक्रमण नभएकालाई क्वारेन्टिनबाटै संक्रमण फैलियो र रोगी भएकालाई पनि संक्रमण फैलिँदा र उनीहरुले उपचार नपाउँदा मृत्यु भएको हो।

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे पनि क्वारेन्टिनको व्यवस्थापन र स्क्रिनिङलाई ध्यान नदिँदा क्वारेन्टिनमा मानिसको मृत्यु भएको बताउँछन्। उपयुक्त स्थानमा व्यवस्थित क्वारेन्टिन नहुँदा रोगसँग लड्न सक्ने क्षमता कम भएका व्यक्तिको मृत्यु हुन सक्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘लक्षण नभएकालाई र लक्षण देखिएकालाई छुट्टाछ्ट्टै राख्नुपर्छ। साथै केही समय क्वारेन्टिनमा बसेका व्यक्तिहरुसँग फेरि नयाँ आएका व्यक्तिहरु सँगेै मिसाउँदा पनि पछाडि आएका मानिसबाट पहिलेका मानिसमा संक्रमण हुन्छ।’

प्रकाशित: Jun 09, 2020| 15:25 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।