सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँके दुर्घटनाका घाइते र मृतक सबैको कोरोना रिपोर्ट नेगेटिभ

बाँके दुर्घटनाका घाइते र मृतक सबैको कोरोना रिपोर्ट नेगेटिभ

आइतबार राति बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं - आइतबार राति बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइते सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

मृत्यु भएका १२ र घाइते २१ गरी ३३ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

राप्ती सोनारी गाउँपालिका–२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा सवार १२ जनाको मृत्यु भएको थियो। गाडी सडकमा बिग्रिएर रोकी राखेको ना.४ ख ९०६४ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो।

भारतबाट उद्धार गरिएका नेपाली बोकेको गाडी मध्यरातमा दुर्घटना, १२ जनाको मृत्यु

बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण

प्रकाशित: Jun 01, 2020| 16:41 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।