काठमाडौं- पछिल्लो २४ घण्टामा थपिएका १ सय ७० संक्रमितमध्ये कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरु सबै झापाका पुरुष हुन्।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जना संक्रमितहरु थपिएका छन्। उनीहरुमध्ये सप्तरीका ४ जना पुरुष र झापा भद्रपुरका १ जना पुरुष छन्।
विरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये बाराका ४ जना र पर्साका १ जना पुरुष छन्।
त्यस्तै ललितपुरको पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका १ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ।
त्यस्तै गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये सबै बाँकेका पुरुषहरु हुन्।
भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये कपिलवस्तुका ४ जना पुरुष र नवलपरासीका २ जना पुरुष छन्।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ।
उनीहरुमध्ये कपिलवस्तुका २३ जना पुरुषहरु रहेका छन् भने रौतहटका ५६ जना ( २ बालिका र ५४ पुरुष) हुन्।
भने सर्लाहीका ४ जना (३ पुरुष, १ महिला) रहेका छन्।
त्यस्तै रुपन्देहीको प्रादेशिक प्रयोगशालमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये कपिलवस्तुका १५ जना पुरुष र रुपन्देहीका १ पुरुष छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनाको पोजेटिभ आएको छ। उनीहरुमध्ये दाङका २ जना पुरुष, कपिलवस्तुका ९ जना पुरुषहरु रहेका छन्।