आइतबार, भदौ ७, २०८३

एकै दिन थपिए १७० संक्रमित, संक्रमितको संख्या १२१२

पछिल्लो २४ घण्टामा नेपालमा १७० जना संक्रमित थपिएका छन्। योसहित देशभर संक्रमितको संख्या १२१२ पुगेको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १७० जना संक्रमित थपिएका छन्।

योसहित देशभर संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।

कोरोना भाइरस संक्रमणपछि उपचार गरेर निको हुने व्यक्तिको संख्या २ सय ६ पुगेको छ। जसमध्ये पुरुष १३२ जना र महिला ७४ जना रहेका छन्।

डिस्चार्ज हुनेमा प्रदेश १ बाट ३० जना, प्रदेश २ बाट १ सय २ जना, बागमती प्रदेशबाट २० जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट ४७ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना छन्।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

शुक्रबारसम्म विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना छन्। नेपालमा हालसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ परीक्षण भएका छन्।

प्रकाशित: May 29, 2020| 16:30 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।