आइतबार, भदौ ७, २०८३

सोती घटनाको छानबिन गर्न समिति गठन

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

गृहका सहसचिवको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभाग, महान्याधिवक्ताको कार्यालयको प्रतिनिधि लगायत पाँच जना सम्मिलित छानबिन समिति गठन गरिएको छ।

गृहमन्त्री रामबहादुर थापाले चौरजहारी घटनाबारे मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्नै समिति गठनबारे जानकारी गराएका हुन्।

भएको के थियो ?

शनिबार चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन जाजरकोटको भेरी नगरपालिका ४ बाट गएका नवराज विकसहितका युवा र गाउँलेबीच झडप भएको थियो।

जसमा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव भेटिएको छ भने सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार बेपत्ता छन्।

राष्ट्रिय सभाका सांसदहरुले चौरजहारी लगायत देशका विभिन्न ठाउँमा भएको जातीय छुवाछूत विरुद्ध सरकार कठोर भएर लाग्नुपर्ने बताएका छन्। उक्त घटनाबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेका थिए।

 

प्रकाशित: May 26, 2020| 12:37 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।