बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सोती हत्याकाण्ड : प्रेमिकाका आमाबुवासहित ५ जना पक्राउ

सोती हत्याकाण्ड : प्रेमिकाका आमाबुवासहित ५ जना पक्राउ

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्।
 |  आइतबार, जेठ ११, २०७७

देव राना

देव राना

आइतबार, जेठ ११, २०७७

सुर्खेत- पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्।

National life

बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका २१ वर्षीय नवराज विकको हत्याको आरोपमा नवराजकी प्रेमिकाका आमाबुवासहित ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। नवराजको हत्या शनिबार राति भएकाे थियाे। उनकाे शव नदीमा भेटिएको छ।

नवराज आफ्ना साथीसहित प्रेमिका सोतीकी १७ वर्षीया  मल्ल थरकी युवतीलाई 'भगाउन' शनिबार उनकाे गाउँ पुगेका  थिए। छोरीलाई लिन आएको थाहा पाएपछि केटीका  बाबुआमासहित गाउँले मिलेर विककाे हत्या गरेकाे आराेप छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठका अनुसार पक्राउ पर्नेमा युवतीका बुबा, आमा र सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत छन्। उनीहरुलाई छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

युवतीलाई लिन मृतक विकसँगै गएका भेरी नगरपालिका ४ का गणेश विक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र चौरजहारी नगरपालिकाका वडा नम्बर १ का टीकाराम सुनार बेपत्ता छन्।

Shivam cement

घटनापछि प्रहरी सम्पर्कमा आएका १२ जनामध्ये भेरी नगरपालिका वडा नम्वर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

याे पनि पढ्नुस्

बेहुली लिन गएका बेहुलाको गाउँलेको कुटाइबाट मृत्यु, ६ जना जन्ती बेपत्ता

प्रकाशित: May 24, 2020| 17:10 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।