आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या ४५३, सबैभन्दा बढी प्रदेश ५ मा

कोरोना संक्रमितको संख्या ४५३, सबैभन्दा बढी प्रदेश ५ मा

आज बिहीबार कोरोना भाइरसका ९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीमा १ जना र झापामा ८ जना संक्रमित थपिएका हुन् ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

आज बिहीबार कोरोना भाइरसका ९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीमा १ जना र झापामा ८ जना संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित सबै पुरुष छन् ।हालसम्म संक्रमितमध्ये ३ सय ८३ महिला र ७० जना पुरुष छन् ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ । जसमध्ये प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १ सय ३६ जना, बागमतीमा २६ जना, गण्डकीमा ४ जना, प्रदेश ५ मा १ सय ९७ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएका छन् । हालसम्म ३८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

आजै टेकु अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै निको भएर फर्कनेको संख्या ४९ पुगेको छ ।

हाल नेपालमा ३८ हजार ७ सय ३६ नमुना पिसिआर विधिबाट परीक्षण भएको छ ।

प्रकाशित: May 21, 2020| 16:35 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।