आइतबार, भदौ ७, २०८३

भारतको प्रतिक्रिया : नेपालको नयाँ नक्सा मान्य छैन

भारतले नेपालले जारी गरेको नयाँ नक्सा मान्य नहुने प्रतिक्रिया दिएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं- भारतले नेपालद्वारा जारी नयाँ नक्सा मान्य नहुने प्रतिक्रिया दिएको छ। यस्तै भारतले नपाल-भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेकाे भन्दै असन्तुष्टि जनाएकाे छ। 

भारतीय विदेश मन्त्रालयले नेपालले एकतर्फी रुपमा भारतीय भूमि समेटेर नयाँ नक्सा निकालेको भन्दै मान्य नहुने बताएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुधबार नयाँदिल्लीमा भने, ‘नेपालले जारी गरेको नक्सामा केही भारतीय भूमि पनि समेटिएको छ। यो ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।’

उनले भारतीय सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेका छन्। भारतले सीमा विवाद समाधान गर्न नेपालले कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउने विश्वास लिएकाे छ।

नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा आज मात्रै जारी गरेको थियो।

यसअघि भारतले गत नोभेम्बरमा एकपक्षिय रूपमा नेपाली भूमि समेट्दै नयाँ नक्सा जारी गरेको थियो।

 

प्रकाशित: May 20, 2020| 21:43 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।