आइतबार, भदौ ७, २०८३

१० हजार घुस बुझाउने सिँचाइ डिभिजन प्रमुख पक्राउ

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झा घुस बुझाएको आरोपमा पक्राउ परेका छन्।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

इटहरी- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झा घुस बुझाएको आरोपमा पक्राउ परेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखाका कर्मचारी विदुर पौडेललाई १० हजार बुझाएको आरोपमा झा पक्राउ परेका हुन्।

झाले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखिदिएका थिए। उनले पौडेललाई १० हजार नगद दिए पनि पौडेलले अस्वीकार गरेको बताएका छन्। उक्त घटनापछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराई पाऊँ भनी निवेदन दिएका थिए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले झालाई प्रक्राउ गरेको छ। झाले साे रकम कुन प्रयाेजनका लागि घुस रकम दिएका थिए भन्नेबारे अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीमाथि महिनौंंदेखि अन्य मन्त्रालय तथा कार्यालयको फाइल रोक्दै आएको आरोप छ।

प्रकाशित: May 20, 2020| 20:47 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।