आइतबार, भदौ ७, २०८३

‘कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुन्न’

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोरोना भाइरसको (कोभिड–१९) संक्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ। अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं - काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोरोना भाइरसको (कोभिड–१९) संक्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ। अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार एक जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई कोरोना देखिएको हो। त्यसपछि वृत्तलाई नै सिल गरिएको उनले जानकारी दिए।

दुई दिनअघि यहाँका १९ प्रहरीको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा कोभिड–१९ देखिएको थियो। यहाँ रहेका झण्डै ९२ सहित गरेर २ सय प्रहरीको परीक्षण गर्नुपर्न आवश्यकता देखिएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको पोखरेलले बताए।

अग्रपंतिमा बसेर काम गर्ने प्रहरीमा कोभिड–१९ लाग्छ भन्ने कुरा स्वभाविक आंकलन रहेकाले संक्रमण हुँदैमा प्रहरी हतोत्साही नहुने उनले बताए। विश्वव्यापी महामारीको रुपमा फैलिएको विषम परिस्थितिमा मुलुकमा संक्रमण फैलिन नदिन प्रहरी अझै दृढ विश्वासका साथ आफ्नो कर्तव्यमा खटिनेसमेत उनले बताए।

प्रकाशित: May 20, 2020| 20:01 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।