आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारीमा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय कार्य : कांग्रेस

महामारीमा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय कार्य : कांग्रेस

नेपाली कांग्रेसले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं – नेपाली कांग्रेसले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने सरकारको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ, ‘नेपालको संविधानमा अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिइदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरित नदिने निर्णय प्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं।’

कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु अत्यन्त अमानवीय कार्य भएको कांग्रेसको ठहर छ। कांग्रेसले सरकारद्वारा गरिएको गैरजिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न मागसमेत गरेको छ।

 

प्रकाशित: May 20, 2020| 19:50 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।