आइतबार, भदौ ७, २०८३

प्रदेश १ मा थप ७ जनामा कोरोना, संक्रमितको संख्या ६६

प्रदेश १ मा थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

प्रदेश १ मा थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ। झापाको केचनाका ५, धनकुटाका १ र सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको हो। योसहित प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या ६६ पुगेको छ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जनामा संक्रमण पुष्टि भएको हो।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणका क्रममा धरान र धनकुटाका एकएक जनामा
संक्रमण पुष्टि भएको मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ। 

झापाका १७ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै मोरङमा ३, सुनसरीमा ४, भोजपुरकम १, धनकुटामा ७, उदयपुरमा ३३ र खोटाङका १ जनामा संक्रमण पुष्टि भएको छ।

 

प्रकाशित: May 20, 2020| 19:35 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।