आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितकाे संख्या ४२७ पुग्याे, कुन प्रदेशमा कति ?

कोरोना संक्रमितकाे संख्या ४२७ पुग्याे, कुन प्रदेशमा कति ?

नेपालमा हालसम्म प्रदेश ५ मा सबैभन्दा बढी १९६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं - नेपालमा हालसम्म प्रदेश ५ मा सबैभन्दा बढी १९६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। त्यसपछि प्रदेश २ मा १३६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ५९ जना, बागमतीमा २६ जना, सुदूरपश्चिममा ५ जना, गण्डकीमा ४ जना र कर्णालीमा १ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताए।

३८ जिल्लामा गरी अहिलेसम्म कुल संक्रमितको सख्ंया ४२७ पुगेको छ। यीमध्ये ४५ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको निधन भएको छ।

प्रवक्ता देवकोटाले रुपन्देहीको क्रिसमन अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु नभएको पुष्टि गरेका छन्। ती संक्रमितको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

हालसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ को परीक्षण भएको छ भने आरडीटी माध्यमबाट ७५ हजार ७२ वटा नमुना परीक्षण भएका छन्। त्यस्तै २३ हजार २ सय २ जना क्वारेन्टिनमा छन्।

 

प्रकाशित: May 20, 2020| 17:20 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।