आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुनः कोरोना पोजिटिभ देखिएको व्यक्तिबाट अरूमा सर्दैन

पुनः कोरोना पोजिटिभ देखिएको व्यक्तिबाट अरूमा सर्दैन

एकपटक कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएर मुक्त भइसकेको व्यक्तिमा पुनः पोजेटिभ देखिए पनि अरूलाई सार्न नसक्ने अनुसन्धानले देखाएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं– एकपटक कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएर मुक्त भइसकेको व्यक्तिमा पुनः पोजेटिभ देखिए पनि अरूलाई सार्न नसक्ने अनुसन्धानले देखाएको छ।

संक्रमण नियन्त्रण तथा उपचार केन्द्र दक्षिण कोरियाका अनुसन्धानकर्ताहरूले २८५ जना पुनः संक्रमित व्यक्तिमा गरेको अध्ययन पश्चात उक्त तथ्य सार्वजनिक गरेका हुन्।

रिपोर्टमा भनिएको छ, ‘एकपटक संक्रमणमुक्त भएर पुनः संक्रमण देखिएको व्यक्तिमा सर्ने प्रकृतिको भाइरस हुँदैन, त्यसमा मृत कोष मात्रै हुन्छ, जुन संख्यात्मक रूपमा बढ्न सक्दैन।’

संक्रमण देखिएर मुक्त भइसकेको व्यक्तिमा एन्टीबडी हुने भएकोले पुनः संक्रमण हुने सम्भावना हुँदैन। रिपोर्टअनुसार कोभिड–१९ जाँच गरिने पीसीआर मेसिनले भाइरसको मृत कोष छुट्याउन नसक्ने हुनाले पुनः संक्रमण देखिने गरेको हो।

 

प्रकाशित: May 20, 2020| 15:20 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।