आइतबार, भदौ ७, २०८३

बाग्मती सफाइ महाअभियानको ७ वर्ष पूरा

बाग्मती र यसका शाखा नदीहरुको वर्षौदेखि थुप्रिएको फोहर सफाइ गरी बाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले सुरु भएको अभियानले ७ वर्ष पूरा गरेको छ। २०७० जेठ ५ बाट उक्त अभियान सुरु भएको हो।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

बाग्मती र यसका शाखा नदीहरुको वर्षौदेखि थुप्रिएको फोहर सफाइ गरी बाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले सुरु भएको अभियानले ७ वर्ष पूरा गरेको छ। २०७० जेठ ५ बाट उक्त अभियान सुरु भएको हो।

सो अवसरमा बाग्मती अभियन्ताहरुबीच अन्तरक्रियाको आयोजना गरी मनाइयो । बन्दाबन्दीको समयमा एकै स्थानमा जम्मा भएर कार्यक्रम गर्ने अवस्था नभएकाले भर्चुअल कन्फ्रेन्सको माध्यमबाट महाअभियानको समीक्षा गर्दै भावि योजना तर्जुमा गर्न १३ जना अभियन्ताहरु सहभागी भएका थिए । अभियन्ता किशोर थापाले सहजकर्ताको भूमिका निर्वाह गरिएको अन्र्तक्रियाको समन्वय अभियन्ता राज कुमार भट्टराईले गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल विज्ञापन संघ, यस ट्राभल्स डट कम, नेपाल चलचित्र कलाकार संघ, गायत्री परिवार, काठमाण्डौ महानगरपालिका, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागिता भएको छ ।

अभियानमा वर्षौंदेखि थुप्रिएको करिब १२ हजार टन भन्दा बढी फोहर उठाइएको र १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा समय दान गरिसकेका छन् ।

शुरुमा बाग्मती नदी सफाइबाट शुरु गरिएको यो अभियान अहिले बाग्मतीको माथिल्लो भेग, तिलगंगा र शाखा नदीहरु विष्णुमति, रुद्रमति, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरु तथा उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रम बाग्मती सफाइ महाअभियानको प्रेरणाले संचालन भइरहेको छ ।

 

प्रकाशित: May 20, 2020| 15:16 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।