आइतबार, भदौ ७, २०८३

पत्रकारको कार्ड बोकेर चोरी गर्ने २ जना पक्राउ

लकडाउनको समयमा पत्रकारको कार्ड भिरेर राजधानीका विभिन्न ठाउँमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं- लकडाउनको समयमा पत्रकारको कार्ड भिरेर राजधानीका विभिन्न ठाउँमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लकडाउनको समयमा विभिन्न चोरीका घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको इटहरीका २१ वर्षीय हिमाल रसाइली र बाराका २८ वर्षीय अलि आलम मियाँ रहेका छन्।

उनीहरुले एपीवान टेलिभिजनको कार्ड भिरेर चैत २४ गते चाबहिल भत्केको पुलस्थित डा. सुबिन मानन्धरको एप्पलको ल्यापटप र आईप्याड चोरेको महाशाखाले जनाएको छ।

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले मोटरसाईकलमा हिड्ने उनीहरुले प्रहरीलाई छल्न पत्रकारको कार्ड देखाउने गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए।

उनीहरुले नै चैत ३ गते सिनामंगलस्थित एक ब्वाइज होस्टलबाट चारवटा ल्यापटपसहित अन्य सामग्रीहरु चोरी गरेको पपिन कार्कीले बताए।

प्रकाशित: May 20, 2020| 14:48 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।