आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दाहालको प्रतिबद्धता

क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दाहालको प्रतिबद्धता

सत्तारुढ नेकपाका अध्यक्ष सशस्त्र संघर्षका क्रममा बेपत्ता भएकाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष सशस्त्र संघर्षका क्रममा बेपत्ता भएकाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेपत्ता दिवसका अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै दाहालले भनेका छन्, बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिस्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो।

उनले जनयुद्ध र ऐतिहासिक आन्दोलनका क्रममा बेपत्ता भएका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

उनले भनेका छन्, 'सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता भएका योद्धाको संघर्षका कारण नै आज मुलुुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा छ।'

उनले बेपत्ता योद्धाका योगदानको बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्तति शिक्षादीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न वर्तमान सरकारलाई ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: May 20, 2020| 14:35 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।