आइतबार, भदौ ७, २०८३

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

डेरा गरी बस्ने एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं- डेरा गरी बस्ने एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको छ।

रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा गरी बस्ने पुरुषमा संक्रमण पुष्टि भएपछि प्रहरीले मैतीदेवी क्षेत्र सिल गरेको हो।

मैतीदेवी प्रहरी बिटका अनुसार मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको छ। १०–१२ वटा घर पूर्णरुपमा सिल गरिएको प्रहरीले जनाएको छ।
सँगै बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण देखिएको हो। भाइलाई भने घरमै क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ।

संक्रमित युवक रामेछापबाट वैशाख ३० गते काठमाडौं आएको खुलेकाे छ। रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संक्रमितको घर भएको क्षेत्रलाई पनि सिल गरिएको जानकारी दिइन्।

परिवारका ८ जना र नजिकको सम्पर्कमा आएका थप ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको शर्माले जानकारी दिइन्।

प्रकाशित: May 20, 2020| 14:15 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।