आइतबार, भदौ ७, २०८३

कपिलवस्तुको क्वारेन्टिनबाट ११ जना भागे

यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।

पन्ध्र दिनको क्वारेन्टिन अवधि पूरा भए पनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण नगरिएपछि उनीहरु भागेको उनले बताए । उनले भने, “संघ र प्रदेश सरकारले समयमै परीक्षण किट उपलब्ध गराउन नसक्दा समस्या झन् बल्झिएको छ ।”

खेतीको समय रहेकाले उनीहरु भागेको हुन सक्ने वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताए। दुई दिनमा गरी ११ जना भागेपछि खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष उपाध्यायले बताए।

गत शनिबार मात्रै यशोधरा ८ को खोरियास्थित सरस्वती प्राथमिक विद्यालय र सिहोखोरस्थित राष्ट्रिय निमाविमा रहेका ४६ जना क्वारेन्टिनबाट भागेका थिए । उनीहरुलाई भागेको दुई दिनपछि फर्काएर पुनः सरस्वती विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएको छ ।

सोमबार राति वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको क्वारेन्टिनबाट समेत चार जना भागेका थिए । भागेका सबैलाई पुनः क्वारेन्टिनमा ल्याइएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए। क्वारेन्टिन सञ्चालन गरिका कतिपय स्थानमा पङ्खालगायत सुविधा र समयमै स्वाब परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टिनमा राख्न समस्या भएको संयोजक ज्योति दुबेले बताए ।

कपिलवस्तुमा अहिलेसम्म ४७ कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुका दश स्थानीय तहका क्वारेन्टिनमा सात हजार ४५१ जना छन् । हालसम्म क्वारेन्टिनमा बसेर एक हजार ८०४ जना डिस्चार्ज भएका छन्। जिल्लामा पिसिआरका लागि आवश्यक पर्ने एक हजार ७६५ भिटिएम किट उपलब्ध भएकामा करीब एक हजार चार सय जनाको स्वाब संकलन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

रासस

प्रकाशित: May 20, 2020| 13:19 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।