आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीका संक्रमित युवक मृत्युको हल्ला गलत : क्रिमसन अस्पताल

गुल्मीका संक्रमित युवक मृत्युको हल्ला गलत : क्रिमसन अस्पताल

कोरोना भाइरस संक्रमित गुल्मी मदान गाउँपालिका ६ का ४१ वर्षीय पुरुषको अवस्था गम्भीररहेको क्रिमसन अस्पतालले जनाएको छ ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

बुटवल- कोरोना भाइरस संक्रमित गुल्मी मदान गाउँपालिका ६ का ४१ वर्षीय पुरुषको अवस्था गम्भीररहेको क्रिमसन अस्पतालले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको उनको मृत्युको खबर भ्रामक र अतिरञ्जित भएको अस्पतालले केहीबेर अघि विज्ञप्ति प्रकाशित गरी स्पष्ट पारकोे छ ।

अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसुमदायमा अनावश्यक त्रासको वातावरण भएको यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सम्पूर्ण आमा, बाबा, दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दै निज बिरामी यस अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँछौं।'

प्रकाशित: May 20, 2020| 13:20 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।