आइतबार, भदौ ७, २०८३

कोरोना परीक्षणको कुनै शुल्क तोकिएको छैन

कोरोना परीक्षणका लागि अहिलेसम्म कुनै शुल्क नतोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

कोरोना परीक्षणका लागि अहिलेसम्म कुनै शुल्क नतोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ।

सार्वजनिक स्वास्थ्य संस्थामा जोकसैले कोरोना परीक्षण गर्न पाउने निर्णय भए पनि त्यसको शुल्क भने नतोकिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

‘पीसीआर र आरडीटी दुवै परीक्षणका लागि कुनै शुल्क अहिलेसम्म तोकिएको छैन,’ उनले भने। शुल्क तिरेरै भए पनि आफैंले कोरोना परीक्षण गराउन चाहनेको संख्या बढेपछि सरकारले यस्तो निर्णय गरेको उनले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नीतिगत निर्णय गर्दै लक्षण नदेखिएका स्वदेशी तथा विदेशी नागरिकले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थामा स्वेच्छाले सशुल्क आरडीटी र पीसीआर परीक्षण गर्न सक्ने निर्णय गरेको थियो।

कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन यस्तो निर्णय गरेको तर अहिले १५ हजार तिरेर परीक्षण गर्नुपर्ने भन्ने हल्ला चलेको मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताए।

नेपाल समयसँग कुरा गर्दै सहप्रवक्ता अधिकारीले भने, ‘शुल्कको विषयमा एक–दुई दिनमै टुंगो लाग्छ। परीक्षणको शुल्क सबै स्वास्थ्य संस्थामा एउटै हुन्छ ।’

प्रकाशित: May 20, 2020| 10:36 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।