आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीमाथि हातपात गरेकाे आराेपमा  वडाध्यक्षका छोरासहित दुई पक्राउ

प्रहरीमाथि हातपात गरेकाे आराेपमा  वडाध्यक्षका छोरासहित दुई पक्राउ

प्रहरीमाथि हातपात गरेकाे आराेपमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरासहित २ जना पक्राउ परेका छन्।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

सिन्धुपाल्चोक- प्रहरीमाथि हातपात गरेकाे आराेपमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरासहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष लामाका छाेरा आकाश र सोही ठाउँका वकिल परियार छन्। 

लकडाउनका बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेका थिए।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय मेलम्चीमा राखी अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए। लामा गाउँकै स्वास्थ्यचौकीमा अहेव हुन्। 

ढुंगा लागेर घाइते भएका तामाङको मानेखर्क स्वास्थ्य चाेकीमा उपचार भइरहेको छ। 

प्रकाशित: May 20, 2020| 10:15 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।