आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालीमाटी वृत्तका दुई प्रहरीमा कोराना संक्रमण, कार्यालय नै सिल

कालीमाटी वृत्तका दुई प्रहरीमा कोराना संक्रमण, कार्यालय नै सिल

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं- महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पीसीआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि भएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

दुई प्रहरी कसरी संक्रमित भए भन्ने विषयमा खुल्न नसकेको उनले बताए।  उनीहरु कहाँकहाँ गएका थिए, कसरी सर्यो भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ थालिएको छ।

संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन्। उनीहरुमा संक्रमण देखिएपछि कालीमाटी वृत्तका प्रहरी त्रसित बनेका छन्।

महानगरीय प्रहरी वृत्त कालीमाटीको महिला सेल र ट्राफिक प्रहरी प्रभाग सिल गरिएको छ। थप कदम के थाल्ने भन्ने विषयमा छलफल भइराखेको एसएसपी ज्ञवालीले बताए ।

मंगलबार मात्रै सुनसरीमा एक जना सशस्त्र प्रहरी र धनकुटामा एक जना प्रहरीमा संक्रमण देखिएको थियो।

प्रकाशित: May 20, 2020| 09:26 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।