आइतबार, भदौ ७, २०८३

एक युवामा कोरोना देखिएपछि इटहरीका दुई वडा सिल

इटहरी २ को सुन्दर टोलमा बस्ने एक १८ वर्षीय युवामा कोभिड-१९ संक्रमण भेटिएपछि दुई वडा सिल गरिएको छ। स्थानीय प्रशासनसँगको समन्वयमा वडा नम्बर २ र ३ सिल गरिएको वडा नम्बर २ का अध्यक्ष हर्क मगरले जानकारी दिए। इटहरी उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै ११ गते सम्म दुवै वडा सिल गरेको जानकारी दिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

इटहरी - इटहरी २ को सुन्दर टोलमा बस्ने एक १८ वर्षीय युवामा कोभिड-१९ संक्रमण भेटिएपछि दुई वडा सिल गरिएको छ। स्थानीय प्रशासनसँगको समन्वयमा वडा नम्बर २ र ३ सिल गरिएको वडा नम्बर २ का अध्यक्ष हर्क मगरले जानकारी दिए। इटहरी उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै ११ गते सम्म दुवै वडा सिल गरेको जानकारी दिएको छ।

मगरका अनुसार कोभिड-१९ संक्रमण भएका युवा २० दिनदेखि बिमारी भएको खुलेको छ। उनी धरानमा मृत्यु भएका एक आफन्तको मलामी गएर आएपछि बिरामी परेको जानकारी आएको मगरले बताए। खोटाङबाट ६ महिना अघि तराई आएका संक्रमित युवा इटहरीमा रहेर बेलायती सेनाको भर्तिको तयारीको अभ्यास गर्दै बसेका थिए।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जाँचमा कोरोना संक्रमण पुष्टि भएका उनी बिरामी हुँदा इटहरीका धामी र स्वास्थ्य क्लिनिकमा समेत पुगेको जानकारी आएको अध्यक्ष मगरले बताए। अब बिरामीको कन्ट्याक्क ट्रेसिङसँग जोडिएका सबैको जाँच गर्ने प्रदेश १ सरकारले बताएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव नवराज राईले आजैबाट काम थालिएको बताए।

प्रकाशित: May 19, 2020| 16:51 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।