आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप २७ मा कोरोनाको संक्रमण पुष्टि, कुल संख्या ४०२ पुग्यो

थप २७ मा कोरोनाको संक्रमण पुष्टि, कुल संख्या ४०२ पुग्यो

नेपालमा आज कोरोना भाइरसका २७ नयाँ संक्रमित थपिएका छन् ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- नेपालमा आज कोरोना भाइरसका २७ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापामा ९ जना, कपिलवस्तुमा ४  जना, काठमाडौंमा ३ जना, सर्लाहीमा २ जना, मोरङमा १ जना, सुनसरीमा १ जनामा संक्रमणको पुष्टि भएको छ।

त्यस्तै  भक्तपुर, मकवानपुर, रामेछाप, ललितपुर, सिन्धुली, लमजुङ र नवलपरासीमा पनि एकएक जना नयाँ संक्रमित थपिएका छन्।

आज पुष्टि भएका संक्रमितमध्ये २४ पुरुष र ३ महिला छन्। यो संगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।

कुल संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना छन्।  स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण ३६  जिल्लामा फैलिसकेको छ।

 

प्रकाशित: May 19, 2020| 16:45 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।