आइतबार, भदौ ७, २०८३

धादिङको थाक्रे गाउँपालिकाको जुँगेखोला बस्ती सिल

एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलास्थित बस्ती सिल गरिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलास्थित बस्ती सिल गरिएको छ।

संक्रमित ४१ वर्षीय पुरुष लकडाउनको समयमा ४७ दिन बसेको उक्त बस्ती मंगलबारबाट सिल गरिएको हो।

मंगलबार बसेको जिल्ला सुरक्षा समिति बैठकले पूर्वमा धार्केखोला पुल, पश्चिममा आठकिलो मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

सिल गरिएको उक्त चार किल्लाभित्र प्रहरी परिचालन गरेर पूर्ण रूपमा आवतजावत बन्द गराइएको तामाङले बताए।

गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले संक्रमित लामो समय गाउँमा बसेर काठमाडौं आएकाले उनको सम्पर्कमा रहेकाहरूको पहिचान गर्न वडाअध्यक्ष रामकुमार बस्नेत, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टिम बनाइएको जानकारी दिए।

संक्रमित काम गर्ने काठमाडौं बागबजारको एक छापाखाना पनि सिल गरिएको छ।

लकडाउन भएकै दिन चैत ११ गते गाउँमा पुगेका संक्रमित वैशाख २८ गते मोटसाइकलमा काठमाडौं फर्किएको बुझिएको छ।

प्रकाशित: May 19, 2020| 16:32 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।