आइतबार, भदौ ७, २०८३

खोटाङको हलेसी तुवाचुङ नगरपालिका सिल

एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

खोटाङ- एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ।

काठमाडौँबाट गत वैशाख १२ गते गएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै मंगलबारदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको हो।

एक युवकमा कोरोना भाइरसको संक्रमण फेला परेसँगै नगरपालिका प्रवेश गर्न र नगरपालिकाबाट बाहिरिन पूर्णरुपमा रोक लगाइएको नगरप्रमुख इवन राईले बताए। ‘युवकमा देखिएको कोरोना भाइरसको संक्रमण अन्य व्यक्तिमा फैलिन नदिन उनको गाउँसँगै जोडिएको हलेसी बजारलाई समेत पूर्णरुपमा सिल गरिएको छ’, उनले भने, ‘यसअघिसम्म अत्यावश्यक सामग्री किनमेलका लागि बिहान र बेलुका खुला गर्ने गरिएको हलेसी बजारसमेत आजदेखि पूर्णरुपमा ठप्प पारिएको छ।’

हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको जनाइएको छ। संक्रमित युवकको घरलाई सोमबार साँझदेखि नै पूर्णरूपमा सिल गरिएको नगरप्रमुख राईले बताए।

कोरोना संक्रमित युवकलाई सोमबार साँझदेखि नै आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यस्तै संक्रमित युवकका आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेका ५१ व्यक्ति, उनको सम्पर्कमा रहेका व्यक्तिलगायत गरी ५० जनाको पीसीआर टेष्टका लागि अहिले स्वाब संकलन गरेर पठाउने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रकाश घिमिरेले बताए।

संक्रमित युवक चढेको बसमा उनीसँगै जिल्लाकै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेर आएको हुनसक्ने अनुमान गरिएको छ।

संक्रमित युवक होम क्वारेन्टिनमा बसेको भनिए पनि उनी गाउँमा सञ्चालन भइरहेको खानेपानी योजनाको काममा समेत संलग्न भएका थिए।

पीसीआर टेस्टका लागि स्वाब संकलन गर्न जिल्ला अस्पताल खोटाङबाट दक्ष जनशक्तिसहितको टोली हलेसी पुगेका छन्।

संक्रमित युवक काठमाडौँको पेप्सीकोलास्थित भाडाको घरमा बस्दै आएको र उनी काठमाडौँकै एक सहकारी संस्थामा संकलकको काम गर्दै आएको स्रोतले जनाएको छ। गाउँमा हुने सामाजिक काममा समेत सक्रिय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। रासस

प्रकाशित: May 19, 2020| 16:23 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।