आइतबार, भदौ ७, २०८३

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

धनगढी- कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जानकी गाउँपालिका-१ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कर्णाली नदिबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।

करेन्ट लागेर बेहोस भएका उनको टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रकाशको मृत्यु पछि सोधपुछका लागि उनीसंगै माछा मार्न गएका स्थानीय २५ वर्षीय हरी चौधरी, २० वर्षीय निराजन चौधरी, २५ वर्षीय देव चौधरी र २२ वर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 19, 2020| 16:18 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।