आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमित भनिएका पत्रकार र पुस्तक व्यवसायीको परिवारका सदस्यकाे रिपोर्ट नेगेटिभ

संक्रमित भनिएका पत्रकार र पुस्तक व्यवसायीको परिवारका सदस्यकाे रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित भनिएका जनकपुरका पत्रकार र पुस्तक व्यवसायीका परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

जनकपुरधाम- कोरोना संक्रमित भनिएका जनकपुरका पत्रकार र पुस्तक व्यवसायीका परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा उनीहरु सबैको पीसीआर रिपोर्ट निगेटिभ आएको हो।
जनकपुरका पत्रकार र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुको १ जेठमा स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो।

जनकपुरधाम–७ स्थित स्वस्तिक अस्पतालको क्वारेन्टिनमा रहेका पत्रकारका बाबु, पत्नी, दुई बच्चा र सालो तथा पुस्तक व्यवसायीका पत्नी र एकजना बच्चाको पीसीआर रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।

यसका साथै स्वस्तिक अस्पतालको क्वारेन्टिनमा रहेका अन्य ६ जनाको पीसीआर रिपोर्ट पनि नेगेटिभ रहेको जनाइएको छ।
वैशाख ३० गते राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनकपुरका पत्रकार र पुस्तक व्यवसायीमा कोरोना संक्रमण रहेको बताइएको थियो।

३१ वैशाखमा संक्रमित भनिएका पत्रकार र पुस्तक व्यवसायीलाई प्रादेशिक अस्पतालको आइसोलेसन र परिवारका सदस्यहरुलाई स्वस्तिक अस्पतालको क्वारेन्टिनमा राखिएको थियो ।

 

 

प्रकाशित: May 19, 2020| 15:40 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।