आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसपीदेखि डीआईजीसम्मको धम्की दिएर रकम असुल्ने मिश्र पक्राउ

एसपीदेखि डीआईजीसम्मको धम्की दिएर रकम असुल्ने मिश्र पक्राउ

विश्वभर फैलिएको कोरोना महामारीका कारण देश अहिले ‘लकडाउन’ मा छ। कोरोना महामारी फैलिन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी अहिले अहोरात्र खटिइरहेका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

जनकपुरधाम – विश्वभर फैलिएको कोरोना महामारीका कारण देश अहिले ‘लकडाउन’ मा छ। कोरोना महामारी फैलिन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी अहिले अहोरात्र खटिइरहेका छन्। तर, महोत्तरीका प्रहरी र सर्वसाधारणहरु एक नागरिकबाट पीडित बन्नु परेको घटना बाहिरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका–६ बस्ने मनोज मिश्र जिल्लाका एसपीदेखि डीआईजीसम्मको धाकधम्की देखाउँदै व्यापारीहरुसँग अवैध असुली गरिरहेको रहस्य बाहिरिएिको हो।

मिश्रले कहिले आफूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको डीआईजीको घुमुवा त कहिले भन्सार कार्यालयको हाकिमको घुमुवा भनेर व्यापारीहरुसँग पैसा असुल्ने काम गर्दै आइरहेका महोत्तरीका एक व्यापारीले बताए।

‘लकडाउन’ रहेपनि नाकाबाट काम भइरहेको एक व्यापारीसँग कुरा गरेको अडियो टेप नेपाल समयले फेला पारेको छ। महोत्तरीको गौशालाका एक व्यापारीसँग कुरा गर्दै उनले भनेका छन्, ‘अहिले काम चलिरहेको छ। सम्सी र इटहर्वा दुबै नाकाबाट रातिमा काम हुन्छ।’ त्यसपछि ती व्यापारीले छविला भन्ने व्यक्तिको नाम लिँदै मिश्रलाई सोधेका छन्, ‘त्यसो भए छबिलाको काम भइरहेको छ त?’ मिश्रले भनेका छन्, ‘उसको काम भइरहेको छ, मैले उसलाई आजै भेटेको। १५ सय रुपैयाँ दिएका छन्।’

ती व्यापारीले ‘डीआइजी सरुवा हुनेवाला थियो भयो कि भएन?’ भनेर सोधेका छन्। जबाफमा मिश्रले नेपाल प्रहरीको डीआइजी सरुवा भइसक्यो र सशस्त्र प्रहरीको एक महिनापछि हुने बताएका छन्।

महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले प्रहरीको धाकधम्की दिएर व्यापारीहरुसँग पैसा असुल गर्ने मिश्रलाई नियन्त्रणमा लिइएको बताएका छन्। ‘उनले प्रहरीको धाकधम्की दिएर व्यापारीहरुसँग पैसा असुल्ने गरेको हामीले पनि सुनेका छौं’, एसपी अधिकारीले भने, ‘मिश्रलाई आज नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।’ अनुसन्धानपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

प्रकाशित: May 19, 2020| 15:09 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।