काठमाडाैं- प्रधानमन्त्री केपी ओलीले भारतको राष्ट्रिय चिह्नकाे प्रसंग निकाल्दै भारतसँग सत्यमेव जयते कि सिंहमेव जयते भन्ने प्रश्न गरेका छन्।
आफू सत्यको जितका पक्षमा रहेको स्पष्ट पार्दै ओलीले मंगलबार संसदमा भने, 'भारतको राष्ट्रिय चिह्नमा चारतिर फर्केको सिंह छ। त्यसको मुनि सत्यमेव जयते लेखिएको छ।’
प्रधानमन्त्री ओलीले सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्ने बताए। उनले भने, 'म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते?’ प्रधानमन्त्रीले नेपाली भूमि अतिक्रमणकाे प्रसंगमा भारतसँग यस्ताे जिज्ञासा राखेका हुन्।