आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘नेपालमा गुणस्तरीय क्वारेन्टिनको क्षमता २३ हजार जनाको छ’

‘नेपालमा गुणस्तरीय क्वारेन्टिनको क्षमता २३ हजार जनाको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गुणस्तरीय क्वारेन्टिनको क्षमता २३ हजार जनाको मात्रै रहेको स्पष्ट पारेका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गुणस्तरीय क्वारेन्टिनको क्षमता २३ हजार जनाको मात्रै रहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रमको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा ५७ हजार ९ सय ४ जनालाई राख्न सक्ने क्वारेन्टिन भए पनि २३ हजार जना बस्ने मात्रै गुणस्तरीय भएको बताए।

अहिले सबै ठाउँका क्वारेन्टिनमा मानिस नराखिएकाले गुणस्तर नभएको बताउँदै उनले गुणस्तर नभएकालाई सुधार गर्नुपर्ने खाँचो औल्याए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म २० हजारभन्दा बढी मानिस क्वारेन्टिनमा छन्।

प्रकाशित: May 19, 2020| 14:19 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।