आइतबार, भदौ ७, २०८३

चन्द्रागिरीमा कोरोना परीक्षण तीव्र

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र कोरोना सङ्क्रमित देखिएपछि जेठ ७ गते बिहानसम्मका लागि नपा सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको हो।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र कोरोना सङ्क्रमित देखिएपछि जेठ ७ गते बिहानसम्मका लागि नपा सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको हो।

चैत ७ गते बिहानसम्म विभिन्न जिल्लाबाट चन्द्रागिरिमा आएका कोही पनि व्यक्तिलाई प्रवेश गर्न दिइनेछैन भने घरभित्र भएका व्यक्तिलाई घरबाहिर निस्कन बन्देज गरिएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका सिल गरेर कोरोना परीक्षणको दायरा बढाइएको जानकारी दिए। “चैत ११ गते देशभर बन्दाबन्दी भएदेखि विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका एक हजार व्यक्तिको आरडिटी परीक्षण गर्न लागेका छौँ,” उनले भने। चन्द्रागिरि नगरपालिकाले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको लगत सङ्कलन गरिरहेको छ ।

चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परिक्षण गर्दै आएको छ । हालसम्म चन्द्रागिरि नगरपालिकाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ । पछिल्लो समय बन्दाबन्दी शुरु भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

चन्द्रागिरिले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

वाग्तमी प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । चन्द्रागिरिले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरीमा आएका व्यक्तिको जानकारी नगरपालिकालाई दिन आग्रहसमेत गरेको छ।

रासस

प्रकाशित: May 19, 2020| 14:10 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।