आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ नक्सालाई आधिकारिकता दिन चाँडै संविधान संशोधन, त्यस दिन दीपावली : प्रधानमन्त्री

नयाँ नक्सालाई आधिकारिकता दिन चाँडै संविधान संशोधन, त्यस दिन दीपावली : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सलाई औपचारिकता दिनका लागि संविधानमा चाँडै संशोधन गरिने बताएका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सfलाई औपचारिकता दिन संविधानमा चाँडै संशोधन गरिने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको रहेको र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक प्रयास गरिने बताए।

‘यो कुनै चलाखीको हिसाबले, तथाकथित राष्ट्रवाद देखाउन गरिएको होइन,’ उनले भने, ‘त्यो भूमि विवादित भूमि पनि होइन। नेपालको भूमिमा कब्जा गरेर अनावश्यक विवादित बनाइएको छ। हामी हाम्रो भूमि फिर्ता लिइछाडछौं।’

उनले नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित भइसकेको र एक दुई दिनमा प्रकाशन हुने बताए।

उक्त नक्सालाई संवैधानिक औपचारिकता दिन संविधानको अनुसूची ३ मा संशोधन गरिने पनि प्रधानमन्त्री बताए। उनले भने, ‘संविधानको अनुसूची ३ जहाँ प्रतिक चिह्नको व्यवस्था गरेको छ, त्यो बुँदा संशोधन गर्न यो संसदमा प्रस्तुत गरिनेछ।’

उनले संविधान संशोधन भएका दिन देशमा दीपावली हुने पनि दाबी गरे।

 

प्रकाशित: May 19, 2020| 13:25 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।