आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'नेपालको राष्ट्रियतामाथि कसैले निम्छरा वचन नबोले हुन्छ'

'नेपालको राष्ट्रियतामाथि कसैले निम्छरा वचन नबोले हुन्छ'

प्रधानमन्त्री केपी ओलीले कुनै पनि देशलाई नेपालको स्वाभिमान र राष्ट्रियतामाथि कमजोर र निम्छरा वचन नबोल्न आग्रह गरेका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री केपी ओलीले कुनै पनि देशलाई नेपालको स्वाभिमान र राष्ट्रियतामाथि कमजोर र निम्छरा वचन नबोल्न आग्रह गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, 'नेपालको स्वाभिमानमाथि कमजोर र निम्छरा वचन कुनै देशले नबोले हुन्छ। कुनै देशको भूगोल सानो वा ठूलो हुन्छ, जनसंख्या धेरै वा थोरै हुन सक्छ, विकसित र अविकसित हुन सक्छ तर राष्ट्रियता सानो ठूलो हुँदैन । सबैले बराबर स्वाधीनताको प्रयोग गर्न पाउनुपर्छ ।'

उनले थपे, 'विश्वव्यापी मान्यताअनुसार हरेक देशले आफ्ना नीति आफूले बनाउन र कार्यान्वयन गर्न पाउनुपर्छ। वर्तमान सरकार कुनै विदेशीको कृपाले गठन भएको होइन, नेपाली जनताले बनाएका हुन्। कसैले ढाल्छु भनेर नसोचे हुन्छ। सरकार ढाल्छौं भनेर कसैले आँट नगरे हुन्छ।'

 

प्रकाशित: May 19, 2020| 13:21 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।