आइतबार, भदौ ७, २०८३

'कालापानी–लिपुलेक विवादित हैन, हाम्रो भूमि हो'

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित हैन, नेपालको भूमि भएको स्पष्ट पारेका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित हैन, नेपालको भूमि भएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कतिपयले उक्त क्षेत्रलाई विवादित भनेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यो नेपालको भूमि भएको बताए।

भारतले हडपेको भूमि फिर्ता लिनकै लागि सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेको उनले बताए। त्यसलाई संवैधानिक मान्यता दिन संविधान संशोधन गरिने बताए।

प्रधानमन्त्री ओलीले भने, 'नयाँ नक्सामा समावेश तीनै वटा हाम्रो भूभाग हो। ०१८ सालसम्म त्यहाँ जनगणना र तिरो उठाउने काम भइरहेको थियो। त्यसपछि त्यहाँ जान दिइएन।

१९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यस पश्चिम जान हामी अवरुद्ध भयौं। शासकहरु जान सकेनन्। विषय ओझेलमा पर्यो। अब सेलाउन वा ओझेलमा पर्न दिइने छैन। फिर्ता लिएरै छाड्छौं। हाम्रो भूमि हो। विवादास्पद बनाइएको छ। हामीले अर्घेल्याइँ गरेको छैनौं। सेलाउन दिइने छैन, कूटनीतिक वार्ताका साथ यो भूमिलाई फिर्ता ल्याइनेछ ।

त्यसलाई प्राप्त गर्न ठोस रुपमा कूटनीतिक प्रयास गर्नेछौं। देखाउन वा तथाकथित राष्ट्रवादका लागि यसो गरिएको हाइन। यो कुनै तमासा गरिएको होइन, हाम्रो भूभाग फिर्ता लिन्छौं। पारित भएको छ'

प्रकाशित: May 19, 2020| 13:16 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।