आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नीति तथा कार्यक्रमबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री, बोल्दाबोल्दै असजिलो भएपछि कुर्सी मगाए

नीति तथा कार्यक्रमबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री, बोल्दाबोल्दै असजिलो भएपछि कुर्सी मगाए

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जेठ २ गते संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जेठ २ गते संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दागर्दै असजिलो भएपछि प्रधानमन्त्री ओलीले कुर्सीमा बसेर सम्बोधन गरिरहेका छन्।

सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले बीचमै बस्ने व्यवस्था मिलाइदिन सभामुखलाई आग्रह गरेका थिए।

उनले भने, ‘अपरेशनका कारण खुट्टामा समस्या भएकाले उभिइरहन गाह्रो हुन्छ, सभामुखज्यू, त्यसैले बीचमै इन्टरप्ट गर्नुपर्यो। क्षमा चाहन्छु।’

सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपालमा कोरोनाका कारण कसैलले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास गर्दा गर्दै पनि असफल भएको बताए।

यद्यपि, मृत्यु भएकाहरुमा अरु जटिलता रहेको हुनसक्ने उनको भनाइ छ। उनले अब अरुले ज्यान गुमाउन नपरोस् र संक्रमण धेरै फैलन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको दाबी गरे।

प्रकाशित: May 19, 2020| 13:09 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।