आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना महामारी : भारतबाट आउनेसँग सजग रहन प्रधानमन्त्रीको आग्रह

कोरोना महामारी : भारतबाट आउनेसँग सजग रहन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म भारतबाट आउनेहरुमा कोरोना संक्रमण बढी देखिएकाले सजग रहन आग्रह गरेका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म भारतबाट आउनेहरुमा कोरोना संक्रमण बढी देखिएकाले सजग रहन आग्रह गरेका छन्।

संसद्मा मंगलबार सम्बोधन गर्दै उनले भने, 'कोरोना भाइरस संक्रमणको स्रोत बाहिरबाट आउने व्यक्ति हुन्। भारतबाट संक्रमित भएर आउनेको संख्या धेरै छ। बाहिरबाट आउनेबाट बाहेक समुदायमा संक्रमितको संख्या धेरै कम छ।'

उनले भारतबाट कोही लुकेर आउने, त्यसरी आएका कोही क्वारिन्टनबाटै भाग्ने र कोही समुदायमा लुकेर बस्ने अवस्थाका कारण स्थिति गम्भीर बन्दै गएको बताए।

प्रधानमन्त्री ओलीले भारतबाट आएका व्यक्तिमा देखिएको कोरोना संक्रमण कडा खालको रहेको बताए। उनले भने, बुहान, इटाली र दुबईबाट आएका नरम देखिएका थिए तर भारतबाट आएका अलि कडा देखिएको छ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नहोस् भन्ने हाम्रो प्रयास असफल भएको भन्दै दुःख व्यक्त गरे।

उनले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै अहिलेसम्म संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन उच्च सतकर्ता अपनाएको, परपर्दो ढंगले बढी परीक्षण गर्ने व्यवस्था मिलाइरहेको र क्वारिन्टन तथा आइसोलेसनमा राखी राम्ररी उपचार गर्न सरकारको ध्यान केन्द्रित रहेको जानकारी उनले दिए।

यस्तै उनले वडावडामा क्वारेन्टिन बनाउने काम भइरहेको बताए। प्रधानमन्त्री ओलीले सुरुमा कोरोनासँग लड्न सक्ने अवस्था र तयारी विश्वमै नभएको बताए।

उनले भने, '२३ जनवरीमा नेपालमा देखापरेको सजिलोसँग निको भएको थियो केही समय देखा परेन। पछि बढ्दै गयो। यो संख्या अझै बढ्न सक्छ।'

प्रकाशित: May 19, 2020| 12:35 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।