आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा एक सुरक्षाकर्मीसहित थप ११ जनामा काेराेना भाइरस संक्रमण

प्रदेश १ मा एक सुरक्षाकर्मीसहित थप ११ जनामा काेराेना भाइरस संक्रमण

प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौ- प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे

झापाकाे केचनाबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको विराटनगरस्थित प्रादेशिक प्रयोगशालाले जनाएको छ।

योसहित झापामा संक्रमितको संख्या १२ पुगेको छ।

सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी प्रयोगशालामा लगिएको थियो।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको नमुना परीक्षण गरिएकामा ९ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै सुनसरीमा थप २ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

उनीहरुको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो। संक्रमण हुनेमा इटहरी २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी छन्।

यसअघि सोमबार सुनसरीमा १ पुरुषमा संक्रमण पुष्टि भएको थियो। योसहित सुनसरीमा संक्रमितको संख्या ३ पुगेको छ।

आज संक्रमित देखिएका समेत गरी प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ।

जसमा उदयपुरका ३३, झापाका १२, मोरङका ३, सुनसरीका ३, भोजपुरका १, धनकुटाका १ र खोटाङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमितहरूकाे विराटनगरस्थित काेराेना उपचार केन्द्रमा उपचार भरहेकाे छ।

प्रकाशित: May 19, 2020| 12:10 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।