आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेनाबाट पहिलाे मृतककाे गाउँबाट १९७ काे स्वाब संकलन

काेराेनाबाट पहिलाे मृतककाे गाउँबाट १९७ काे स्वाब संकलन

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिको पीसीआर परीक्षणका लागि १९७ जनाको स्वाब संकलन गरिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

सिन्धुपाल्चोक- कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिको पीसीआर परीक्षणका लागि १९७ जनाको स्वाब संकलन गरिएको छ।

बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमबाट ‘थ्रोट स्वाब’ संकलन गरेर नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए। दुई दिन लगाएर स्वाब संकलन गरिएको हो।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी राम्चेकी एक महिला घर पुगेको केही दिनपछि बिरामी भएकी थिइन्।

सुरुमा स्थानीय बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराई उनलाई थप उपचारका लागि धुलिखेल लगिएको थियो। उपचारकै क्रममा उनको बिहीबार निधन भएको थियो।

निधनपछि स्वाब संकलन गरी परीक्षण गर्दा उनको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि राम्चे, उनको माइतीगाउँ बलेफी र प्राथमिक स्वास्थ्य चौकीसहित ती महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरिएको संयोजक तामाङले बताए।  महिलाबाट जन्मिएका शिशुको भने कोरोना भाइरस नेगेटिभ रिपोर्ट आइसकेको छ।

प्रकाशित: May 19, 2020| 11:35 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।