आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकै दिन ५९ जना संक्रमित देखिएपछि नरैनापुर अनिश्चितकालका लागि सिल

एकै दिन ५९ जना संक्रमित देखिएपछि नरैनापुर अनिश्चितकालका लागि सिल

बाँकेको नरैनापुर गाउँपालिका अनिश्चितकालका लागि सिल गरिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

बाँके- बाँकेको नरैनापुर गाउँपालिका अनिश्चितकालका लागि सिल गरिएको छ।

गाउँपालिकामा एकै दिन ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले गाउँपालिकालाई सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनका अनुसार गाउँपालिका अर्का निर्णय नहुँदासम्मका लागि सिल गरिएकाे छ।

नरैनापुर सदरमुकाम नेपालगन्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि पर्छ। भारतसँग सीमा जोडिएको नरैनापुरमा ६ वटा वडा छन्।

संक्रमणका न्यूनीकरणका लागि आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। उनका अनुसार गाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नरैनापुरमा सोमबार ५९ जनामा काेराेना संक्रमण देखिएकाे थियाे। याेसहित गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६८ पुगेको छ।

नरैनापुरमा काेराेना संक्रमणका कारण एक जनाको ज्यान गइसकेकाे छ।

सुरुमा फेला परेका आठ जनासँगको सम्पर्कमा आएका २६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

यससँगै बाँकेमा कोरोना सङ्क्रमितको संख्या ९३ जनामा पुष्टि भएको छ। यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक गरी २५ जनामा संक्रमण देखिएको छ ।

बाँकेमा पहिलोपटक संक्रमण पुष्टि भएका २५ जनाकाे खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा  उपचार भइरहेकाे छ। नरैनापुरमा फेला परेका आठ जनालाई दाङस्थित आइसोलेसन अस्पतालमा पठाइएको छ।

सोमबार पुष्टि भएका ५९ जनालाई भने नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा उपचार गर्ने तयारी छ।

प्रकाशित: May 19, 2020| 10:50 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।