आइतबार, भदौ ७, २०८३

भारतमा कोरोनाबाट ३१५६ को मृत्यु, कुन राज्यमा कति ?

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा एक लाख १ हजार १ सय ४२ जना संक्रमित भएका छन् । मंगलबार बिहानसम्ममा ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा एक लाख १ हजार १ सय ४२ जना संक्रमित भएका छन् । मंगलबार बिहानसम्ममा ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अर्थात सोमबार मात्रै ४ हजार ६ सय ३० जना संक्रमित भएका छन् भने १ सय ३१ जनाको मृत्यु भएको छ। यस्तै आइतबार ५ हजार ५० जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ५४ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको महाराष्ट्र राज्यमा ३५ हजार ५८ जना संक्रमित भएका छन् भने १ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । तमिलनाडुमा ११ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने ८२ जनाको मृत्यु भएको छ ।

गुजरातमा ११ हजार ७ सय ४६ जना संक्रमित भएका छन् भने ६ सय ९४ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा १० हजार ५४ जना संक्रमण पुष्टि भएको छ भने १ सय ६० जनाको मृत्यु भएको छ।

कुन राज्यमा कतिको मृत्यु ?

महराष्ट्र – १,२४९

गुजरात – ६९४

मध्य प्रदेश – २४८

पश्चिम बंगाल – २४४

दिल्ली – १६०

राजस्थान – १३८

उत्तर प्रदेश – ११२

तामिल नाडु – ८१

आन्ध्र प्रदेश – ५०

कर्णाटक – ३८

पन्जाब – ३५

तेलंगाना – ३४

जम्बु/कास्मिर – १५

हरियाणा – १४

बिहार – ९

केरला – ४

ओडिसा – ४

हिमाचल – ३

झारखण्ड – ३

चण्डीगढ – ३

आसाम – २

पुडुचेरी – १

मेघालय – १

उत्तराखण्ड – १

प्रकाशित: May 19, 2020| 10:19 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।