आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित आईसीयूमा, दुई अस्पताल सिल, गुल्मीमा उच्च सतर्कता

कोरोना संक्रमित आईसीयूमा, दुई अस्पताल सिल, गुल्मीमा उच्च सतर्कता

कोरोना भाइरस संक्रमित गुल्मीका एक पुरुषको निधन भएको भन्दै सोमबार साँझदेखि हल्ला फिँजाइएपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले मंगलबार खण्डन गरेको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

भैरहवा- कोरोना भाइरस संक्रमित गुल्मीका एक पुरुषको निधन भएको भन्दै सोमबार साँझदेखि हल्ला फिँजाइएपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले मंगलबार खण्डन गरेको छ।

अस्पतालले विज्ञप्ति जारी गरी भनेको छ, ‘बिरामीको यस अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको जानकारी गराउँछौं।’

गुल्मीको मदाने गाउँपालिका वडा नं २ का ४१ वर्षीय ती व्यक्ति एक हप्ताअघि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पताल आएका थिए।

उपचारकै क्रममा कोभिड १९ का लागि स्वाब परीक्षण गर्दा पोजेटिभ आएको थियो। त्यसपछि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बिरामीको मृत्यु भएको खबर आएको थियो। अस्पतालले ती समाचार गलत रहेको स्पष्ट पारेको छ।

यसैबीच स्थानीय प्रशासनले सोमबार साँझदेखि क्रिमसन अस्पताल सिल गरेको छ।

ती व्यक्तिले पहिला उपचार गराएको अर्खाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिक पनि सिल गरिएको छ। कोरोना देखिएपछि छाया पोलिक्लिनिक सिल गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडे्ले जानकारी दिए।

गुल्मीमा उच्च सतर्कता अपनाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माले बताए।

पुर्कोटको स्थानीय एक विद्यालयका शिक्षकसमेत रहेका उनलाई कोरोना संक्रमण कहाँबाट भयो भन्ने विषय अझै यकिन हुन सकेको छैन। उनले प्राध्यापन गर्ने विद्यालयमा क्वारेन्टाइन राखिएको छ।

लकडाउनपछि गुल्मीमा अहिलेसम्म १७ जना भारतबाट र ३ सय जना तेस्रो देशबाट स्वदेश फर्किसकेकाे प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

प्रकाशित: May 19, 2020| 10:05 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।