मंगलबार, पुस १, २०८२

इन्डक्सन चुलोतर्फ बढ्याे आकर्षण

भारतले देशभर लकडाउन गरेका कारण नेपालमा ग्यास कम आयात हुन थालेपछि सर्वसाधारण इन्डक्सन चुलोतर्फ आकर्षित भएका हुन्।
 |  आइतबार, चैत १६, २०७६

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, चैत १६, २०७६

काठमाडौं- इन्डक्सन चुलोतर्फ सर्वसाधारण आकर्षित भएका छन्। भारतले देशभर लकडाउन गरेका कारण नेपालमा ग्यास कम आयात हुन थालेपछि सर्वसाधारण इन्डक्सन चुलोतर्फ आकर्षित भएका हुन्।

National life

नेपाल खाना पकाउने ग्यास आयातमा निर्भर छ।

सरकारले लकडाउन गर्नुअघि इन्डक्सन चुलो किन्नेको संख्या उल्लेख्य थियो। चैत ९ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ७ सय थान इन्डक्सन चुलो बिक्री गरेको थियो। तर लकडाउन भएसँगै व्यापार घटेको छ।

कम्पनीका सहायक विभागीय प्रबन्धक धर्मकुमारी राजवंशीले भनिन्, ‘लकडाउनको समयमा यातायात बन्द भयो। कर्मचारी कार्यालय जान सकेनन् भने ग्राहक पनि बिक्रीकक्षसम्म आएनन्। हामीले घुम्ती सेवा पनि दिएका थियौं। लकडाउन भएपछि बन्द गरेका छौं।’

लकडाउनका समयमा पनि उपत्यकाबाट दैनिक करिब ३ सय हाराहारीमा इन्डक्सन चुलो बिक्री भएको उनी बताउँछिन्।

Laxmi sunrise bank
kumari

चैत १६ भने कम्पनीको थापाथली बिक्री कक्षमा ग्राहकको घुइँचो रहेको बताइन्। कति बिक्री भयो भन्ने विवरण सोमबारसम्म आउने उनको भनाइ छ।

कम्पनीले थापाथली, रामशाहपथ, लगनखेल र सूर्यविनायकबाट इन्डक्सन बिक्री गरिरहेको छ। लगनखेलमा भने आइतबारदेखि मात्र बिक्री हुन थालेको राजवंशीले जानकारी दिइन्।

कम्पनीले इन्डक्सन चुलोको मूल्य ४ हजार रुपैयाँ तोकेको छ। चुलो किन्दा एउटा कराई सित्तैंमा पाइन्छ।

भूकम्पका बेला चीन सरकारले अनुदान दिएको इन्डक्सन चुलोको मूल्य सुरुमा ७ हजार रुपैयाँ हाराहारी थियो। अहिले बजारमा इन्डक्सन चुलोको मूल्य १२ हजार रुपैयाँ पर्छ। 

राजवंशीका अनुसार अब कम्पनीसँग करिब ३५ सय थान इन्डक्सन स्टकमा छ। भूकम्पका बेला चीनले ११ हजार ३ सय चुलो अनुदान दिएको थियो। कम्पनीका अनुसार पोखरा, भोजपुर, विराटनगरलगायतका डिपोबाट पनि चुलोको माग बढेकोे छ।

प्रकाशित: Mar 29, 2020| 16:26 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्