आइतबार, जेठ २५, २०८२

बैंकमा नगद राख्नेभन्दा झिक्ने बढी, तरलता अभावको डर

एटीएमबाट रकम झिक्नेको संख्या पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले एटीएममा राख्नका लागि बढी रकम माग गरिरहेका छन् ।
 |  बुधबार, चैत १२, २०७६
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, चैत १२, २०७६

vianetvianet

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप झिक्ने क्रम बढ्यो। साथै बचत गर्ने रकम पनि निकै घट्यो । यसका कारण बजारमा तरलता अभाव हुने संकेत देखिएको अर्थतन्त्रका जानकारहरुले बताएका छन्।

सोमबारसम्ममा दैनिक साढे तीन अर्बको हाराहारीमा बैंकबाट बचत बाहिरिएको तथ्यांक छ । ‘पछिल्ला चार दिन बैंकमा निक्षेप राख्ने निकै कम आएका छन् । धेरैजसो बचत फिर्ता लिने नै छन्,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले मंगलबार नेपाल समयसँग भने ।

एटीएमबाट रकम झिक्नेको संख्या पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले एटीएममा राख्नका लागि बढी रकम माग गरिरहेका छन् । हाल नेपालभर २७ वटा वाणिज्य बैंकका ३ हजार २७४ वटा एटीएम छन्। विकास बैंक र वित्त संस्थाका ३८८ वटा एटीएम छन्।

यही क्रममा बचत बाहिरिने हो भने केही दिनमा नै बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुने राष्ट्र बैंकले जनाएको छ। तरलता अभाव हुन नदिन राष्ट्र बैंकले कार्ययोजना बनाइरहेको छ ।

बैंकहरुसँग जम्मा कुल निक्षेपको २० प्रतिशतमात्र नगदको रुपमा रहन्छ । अरु ८० प्रतिशत उनीहरुले विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुले कुल निक्षेपको ४५ प्रतिशतभन्दा बढी संस्थागत निक्षेप लिन पाउँदैनन् । बाँकी ५५ प्रतिशत निक्षेप उनीहरुले सर्वसाधारणको लिनुर्छ । मुद्दति कम र बचत निक्षेप धेरै भएका बैंकमा तरलता अभाव हुने सम्भावना अत्यधिक रहेको अर्थविद् बताउँछन् ।

National life insurance

पूर्व अर्थसचिव रामेश्वर खनाल भन्छन्, ‘सर्वसाधारणले घरमा नगद राख्ने क्रम बढेको छ। आफूले भनेको समयमा बैंक नखुल्ने, एटीएम नचल्ने समेत हुन सक्छ भन्दै मानिसले नगद सञ्चय राख्न थाले। यही अवस्था रहे सबैले आफ्नो निक्षेप बैंकसँग फिर्ता माग्ने र बैंकमा नगद अभाव भएर निक्षेप फिर्ता दिन नसक्ने अवस्था पनि नआउला भन्न सकिँदैन ।’ पछि धेरैवटा बैंक समस्याग्रस्त नहुन् भन्नको लागि राष्ट्र बैंक चनाखो हुनु जरुरी रहेको उनी बताउँछन्।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग भएको निक्षेप ८० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । बाँकी २० प्रतिशत पनि उनीहरुसँग पूर्ण रुपमा नगद हुँदैन । बैंकहरुले ११ प्रतिशत एसएलआर र ४ प्रतिशत सिआरआर मेन्टेन गर्नुपर्छ । नेपाल बैंकर्स संघका अनुसार फागुन ३० गतेसम्ममा २७ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप ३७ खर्ब ३ अर्ब र ऋण ३१ खर्ब ४० अर्ब पुगेको छ ।

 

प्रकाशित: Mar 25, 2020| 05:08 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्